Logo
Logo

दमकमा आचारसंहिता मिच्ने १० जना प्रहरी नियन्त्रणमा


504
Shares

झापा । निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा संलग्न १० जनालाई प्रहरीले झापाको दमकबाट नियन्त्रणमा लिएको छ ।

२१ फागुनमा हुने निर्वाचनका लागि जारी गरिएको आचारसंहिता उल्लंघन गर्ने तथा मादक पदार्थ सेवन गरी होहल्ला र हिँडडुल गर्ने व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो ।

गएराति करिब ९ः४५ बजे प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा खटिएको टोलीले दमक नगरपालिकाका विभिन्न क्षेत्रमा गस्ती गरेको थियो । सोही क्रममा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा दमक–५ का २२ वर्षीय अनिस रसाईली, १९ वर्षीय विवेक खड्का र २९ वर्षीय जोन विश्वकर्मा रहेका छन् । त्यस्तै, कमल गाउँपालिका–५ का ५३ वर्षीय अशोक मुखिया, ३९ वर्षीय हर्क राई र ६६ वर्षीय डम्बर राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने अन्य व्यक्तिहरूमा गौरादह–२ का ४५ वर्षीय उद्धवराज ताजपुरिया, इलाम चुलाचुली–४ की ३७ वर्षीया छवि लिम्बू (सानी), दमक–४ की ४० वर्षीया सावित्रा लिम्बू र दमक–६ का ३७ वर्षीय अख्तर खान रहेका छन्।

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन प्रहरीले निगरानी बढाएको र आचारसंहिता विपरीत काम गर्ने जोसुकैलाई कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्