Logo
Logo

१५ जिल्लाका ६१ स्थानको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने


378
Shares

काठमाडौं । निर्वाचन आयोगले विभिन्न १५ जिल्लाका ६१ स्थानबाट हेलिकप्टर मार्फत मतपेटिका संकलन गर्ने भएको छ ।

निर्वाचन तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हुम्ला र डोल्पासहित १५ जिल्लाका ६१ स्थानबाट मतपेटिका हेलिकप्टर मार्फत संकलन गरिने जानकारी दिएका हुन् ।

उनका अनुसार हुम्ला र डोल्पामा मतदानका लागि आवश्यक सामग्री र कर्मचारी समेत हेलिकप्टरमार्फत नै पठाइएको हो ।

अन्य निर्वाचन क्षेत्रमा सवारी साधनबाट सबै सुरक्षा संयन्त्रको सहयोगमा संकलन गरिने जनाएको छ । एकीकृत सुरक्षा व्यवस्था अनुसार नै सुरक्षा व्यवस्था सरकारले मिलाएको जानकारी आएको समेत आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्