
काठमाडौं । पूर्वी नवलपरासीमा १ जना मतदान अधिकृतले हतियारधारी नेपाली सेनालाई मतदान केन्द्रबाट बाहिर पठाएको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ । यो भाइरल दृष्य कावासोती नगरपालिका वडा नम्बर ३ को जीवनज्योती मावि मतदान स्थलको हो ।
सो मतदान स्थलको ‘क’ केन्द्रमा खटिएकी मतदान अधिकृत दीपा गौतमले मतदान गर्ने ठाउँ नजिकै पुगेका हतियारधारी एक सैनिकलाई मतदानस्थलको गेट बाहिर पठाएकी थिइन् ।











