Logo
Logo

झापामा ६४ प्रतिशत मतदान


567
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा ६४ प्रतिशतबढी मतदान भएको छ । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार भएको मतदानमा झापाका पाँच निर्वाचन क्षेत्रहरूमा ६४.२४ प्रतिशत मत खसेको हो ।

निर्वाचन आयोगका अनुसार झापामा कुल मतदाताको संख्या सात लाख १३ हजार ५३७ छ । जसमध्ये चार लाख ५८ हजार ३६२ मत खसेको छ । मतदानमा सहभागी हुनेमा पुरूषभन्दा महिलाको संख्या बढी देखिएको छ ।

झापामा दुई लाख ४२ हजार ५७५ महिलाले मतदना गर्दा पुरूषतर्फ दुई लाख १५ हजार ७८५ मत खसेृको छ । झापामा दुई जना अन्यले पनि मत खसालेका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार क्षेत्र नम्बर १ मा ८३ हजार ८२२, क्षेत्र नम्बर २ मा ९६ हजार २५३, क्षेत्र नम्बर ३ मा ८८ हजार ४४९, क्षेत्र नम्बर ४ मा ८३ हजार ४६६ र क्षेत्र नम्बर ५ मा एक लाख छ हजार ३७२ मत खसेको छ ।

क्षेत्र नम्बर १ मा एक लाख ३१ हजार ६७, क्षेत्र नम्बर २ मा एक लाख ४७ हजार ५२२, क्षेत्र नम्बर ३ मा एक लाख ४० हजार ५८७, क्षेत्र नम्बर ४ मा एक लाख ३० हजार ७१२ र क्षेत्र नम्बर ५ मा एक लाख ६३ हजार ३७९ मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस्