Logo
Logo

काठमाडौं उपत्यकामा घण्टीको दबदबाः १५ मध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता


567
Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ। काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २–२ वटा क्षेत्रमा रास्वपा उम्मेदवारहरू अगाडि रहेका छन्।

काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त महर्जन, काठमाडौं–९ मा डीपी अर्याल र काठमाडौं–१० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन्।

यसैगरी ललितपुर–२ मा जगदीश खरेल र ललितपुर–३ मा तोसिमा कार्कीले अग्रता लिएका छन्। ललितपुर–१ मा भने कांग्रेसका उदय शम्शेर राणाले अग्रता लिएका छन्।

भक्तपुरका दुवै क्षेत्रमा रास्वपा उम्मेदवारहरू अगाडि रहेका छन्। नेमकिपाको गढ मानिने भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित अग्रस्थानमा छन् भने नेमकिपाका प्रेम सुवालले उनलाई पछ्याइरहेका छन्।

यसैगरी भक्तपुर–२ मा राजीव खत्रीले अग्रता लिँदा एमालेका उम्मेदवार महेश बस्नेत पछि परेका छन्।

प्रतिक्रिया दिनुहोस्