
काठमाडौं । कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले सुरुदेखि नै अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय कास्कीले दिएको जानकारीअनुसार कास्की १ मा रास्वपाका उम्मेदवार खड्गराज पौडेल गनेसले १ हजार ३५५ मत पाउँदा कांग्रेसका तिलक रानाभाटले ५३५ र एमालेका बैनबहादुर अधिकारी क्षेत्रीले ५३० मत प्राप्त गरेका छन् ।
रुपा गाउँपालिकाका केही वडाको गणनाबाट गनेसले अग्रता लिएका हुन् । यता,कास्की २ मा पनि रास्वपा उम्मेदवार उत्तम पौडेलले १ हजार ४१७ मत ल्याउँदा ,एमालेका रश्मि आचार्यले १ हजार २१४ र कांग्रेसका मधु बास्तोलाले ७९३ मत ल्याएका छन् ।
कास्की ३ मा रास्वपाकी विना गुरुङले १ हजार ३२३ मत पाउँदा कांग्रेसका मनोज गुरुङले ५६१ र एमालेका दामोदर बैरानीले ३ सय ३९ मत ल्याएका छन् ।











