Logo
Logo

यस्तो बन्यो निर्मला र राजु लामाको ‘तिम्रो साथ विना’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ कार्तिक । सुमधुर स्वरकी धनी गायिका निर्मला घिसिङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिम्रो साथ विना’ बोलको उक्त गीतमा निर्मलासँगै चर्चित सांगीतिक समूह ‘मंगोलियन हर्ट’का गायक राजु लामाको स्वर रहेको छ । यो गीतको भिडियो शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गीतमा गायिका निर्मला र राजुको युगल स्वर म्याच भएको छ ।


सार्वजनिक गीतमा शब्द गीतकार कुमार स्याङ्बाको रहेको छ भने गीतमा संगीत निमा लामा दोङले दिएकी छन् । रोमान्टिक ‘तिम्रो साथ विना’ गीतको यस भिडियोमा आष्मान तमाङ र अनिता दोङले अनस्क्रिन रोमान्स गरेका छन् । आष्मान तमाङ र बिना घलानले निर्माण गरेको यस म्युजिक भिडियोलाई आष्मान तामाङले निर्देशन गरेका हुन् । फिल्मीशैलीको यस गीतको भिडियो पनि फिल्मीशैलीमै निर्माण गरिएको छ ।
विक्रम मोक्तान र चक्र महर्जनको सिनेमाटोग्राफी रहेको यस भिडियोको सम्पादन निर्देशक आष्मानले नै गरेका हुन् । यस गीतबाट आफू आशावादी रहेको गायिका निर्मलाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्