Logo
Logo

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागी भ्यालेन्टाइन अफर ल्याएको छ । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग सुलभ दरमा असिमित कुराकानीको मजा लिन सक्नेछन् । जसअन्तर्गत ग्राहकले आफूले छानेको एउटा विषेश एनसेल नम्बरमा मात्र ५० पैसा (करसहित ६४ पैसा) प्रतिमिनेटका दरले कुरा गर्न सक्नेछन् ।

यो भ्यालेनटाइन अफर गत माघ १८ शुक्रबारबाट लागू भइको छ । अफरअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटमा फेब्रुवरी महिनाभर (माघ १८ देखि फागुन १६ गते) कुरा गर्न सक्नेछन् । यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउनेछन् । यसरी प्राप्त निःशुल्क एसएमएस पेयर गरीएको नम्बरमा सन्देशहरु पठाउन प्रयोग गर्न सकिनेछ ।
ग्राहकले एस्ट्रिक्स् १७१०६ एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले सिधै १७१०६ डायल गरेर पनि अफर सुचारु गरी आफुले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् । साथै उनीहरुले एनसेल एपबाट पनि यो सेवा सहजै सुचारु गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्