Logo
Logo

डोल्पामा मतगणनामा लफडा, निर्वाचन रद्ध गर्न माग गर्दै उजुरी


1.7k
Shares

काठमाडौं । हिमाली जिल्ला डोल्पामा निर्वाचन रद्ध गर्न माग गर्दै उजुरी परेको छ । जिल्लाको काइके गाउँपालिका वडा नं ४ र ५ को मतगणनाका क्रममा केही अर्धकट्टीसहितको मतपत्र भेटिएको भन्दै जिल्लाको समग्र निर्वाचन रद्ध गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनमा कार्यालयमा उजुरी परेको हो ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र स्वतन्त्र उम्मेदवारले सामूहिक उजुरी दिएका हुन् ।

उनीहरुले जिल्ला भरीको निर्वाचनमा कर्मचारी संयन्त्रबाटै ‘मिलेमतो’गरी गम्भीर कसूर गरेको आरोप लगाएका छन् । यदि आफूहरुले दिएको निवेदन उपर कार्यान्वयन नभएमा उच्च अदालतमा कानुनी उपचार खोज्ने पनि बताएका छन् ।

उनीहरुले मतगणना गर्ने क्रममा मतदान भएका मतपत्रहरु मध्य पाँच वटा मतपत्रहरुमा मतदान अधिकृत र मतदाताका हस्ताक्षर नभएका अर्धकट्टीसहितको मतपत्र र सातवटा मतपत्र अर्धकट्टीहरु भेटिएको उजुरीमा उल्लेख गरेका छन् ।

मुख्य निर्वाचनको अधिकृतको कार्यालयले यस अवस्थामा निर्वाचन आयोगको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यविधि अनुसार विवाद समाधान गरिने जनाएको छ । अब उक्त विवाद सर्वदलीय बैठकमार्फत् विवाद समाधान गरिने मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्