
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार रास्वपाले हालसम्म समानुपातिकतर्फ १ लाख ३ हजार ७१५ मत पाएको हो ।
यसैगरी नेपाली कांग्रेसले ३१ हजार १७१ मत पाउँदै दोस्रो स्थानमा रहेको छ भने हालसम्म समानुपातिकमा २२ हजार २१६ मतसहित नेकपा एमाले तेस्रो स्थानमा रहेको छ ।
प्रास्त मतपरिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई समानुपातिकतर्फ पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ९ हजार ४७७ मत पाएको छ । हालसम्म नेकपाले भने समानुपातिकतर्फ ७ हजार ६२७ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी हालसम्म श्रम संस्कृति पार्टीले ५ हजार ७४७ समानुपातिक मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ३ हजार ४७८ मत पाएको आयोगले जनाएको छ ।











