काठमाडौं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । प्रतिद्वन्द्वीसँग २१ हजार ८०९ मतान्तरले उनले जित हासिल गरेका हुन् ।

स्वर्णिमले मत ३८ हजार ४० पाए। नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत ल्याए । नेकपा एमालेका भगवती न्यौपानेले ५ हजार ८३० मत पाइन् । नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकालले मत पाए ।
१ लाख २६ हजार ८८२ मतदाता रहेकोमा ६६ हजार ६९८ मत खसेको थियो । १६ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
२०८० को उपनिर्वचनमा स्वर्णिम १४ हजार ७९७ मतान्तरसहित निर्वाचित भएका थिए । त्यतिवेला उनले ३४ हजार ९१९ मत पाएका थिए । ६३ हजार ७५७ मत खस्दा कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका थिए ।











