Logo
Logo

रौतहट-१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो स्थानमा


1.4k
Shares

रौतहट । रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका अजय गुप्तालाई उनले १८ हजार २५३ मतान्तरले पराजित गरेका हुन् ।

The current image has no alternative text. The file name is: rautahaut.jpg

चौधरीले २८ हजार ९४६ मत ल्याउँदा एमालेका गुप्ताले १० हजार ६९३ मत ल्याए । त्यस्तै कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने तारा चुनाव चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै ७ हजार ६६९ मत प्राप्त गरी चौथो स्थानमा सीमित भएका छन्।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारले छाता चिन्हबाट ६ हजार ८४६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्