काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । खसेको १ लाख ६ हजार ३७२ मतमध्ये अहिलेसम्म ८८ हजार ४४१ मत गणना भइसकेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह ५५ हजार ९३४ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केपी शर्मा ओलीले १५ हजार ४०९ मत पाएका छन् ।
मतगणनास्थल भन्दा बाहिर रास्वपा समर्थकहरूको भिड देखिएको छ । भिडमा केपी र बालेनको डुप्लिकेट पनि देखिएका छन् ।











