Logo
Logo

कपिलवस्तु-१ मा रास्वपाका मोहन आचार्यको शानदार जित


315
Shares

काठमाडौं । कपिलवस्तु-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोहन आचार्य विजयी भएका छन् । आचार्यले ३४ हजार १४८ मत प्राप्त गरेर विजयी भएका हुन् ।

The current image has no alternative text. The file name is: Mohan1772931270.jpg

उनका निकटतम प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ५६० मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा नेपाली काँग्रेसका अतहर कमाल मुसलमानले १४ हजार ५८२ मत प्राप्त गरे भने नेकपा एमालेका बिश्राम चौधरीले ७ हजार ९८० र नेकपाका कृष्ण कुँवरले ४ हजार ६१६ मत प्राप्त गरेका छन् ।

तीन क्षेत्र रहेको कपिलवस्तुको क्षेत्र नम्बर २ मा रास्वपाकै विक्रम थापा विजयी भएका छन् भने क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका अभिषेक प्रताप सिंह विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्