
काठमाडौं । २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक आज सार्वजनिक सम्बोधन गर्दै छिन्।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला मन्त्रालयले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने भएकी हुन्।
अहिले बिहान १० बजे सिंहदरबारमा महिला मन्त्रालयले गर्ने कार्यक्रममा प्रधानमन्त्रीले अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएयता प्रधानमन्त्री कार्कीले पहिलोपटक सार्वजनिक मञ्चमा भाषण गर्न लागेकी हुन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधान्यायाधीश कार्की भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन्।
उनको नेतृत्वमा अन्तरिम सरकारले शान्तिपूर्ण रूपमा चुनाव गराएर आफ्नो मुख्य जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको छ ।














