Logo
Logo

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल विजयी


819
Shares

काठमाडौं । ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पार्दै पोखरेल विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार रास्वपाका पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका लुईटेलले १३ हजार ९४८ मत प्राप्त गरे ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरे भने नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याइन् । श्रम संस्कृति पार्टीका उद्धव कुमार राईले ३ हजार ८५८ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्