Logo
Logo

फराकिलो मतान्तरले सप्तरी १ मा रास्वपाकी पुष्पा चौधरी विजयी


378
Shares

काठमाडौं । सप्तरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पुष्पाकुमारी चौधरी फराकिलो मतान्तरले प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् । उनले ३८ हजार १ सय ९५ मत ल्याइन् । दोस्रो बनेका स्वाभिमान पार्टीका सुमितकुमारले ८ हजार मत पनि कटाउन सकेनन्।

सुमितले ७ हजार ८ सय ४७ मत ल्याउँदा कञ्चनरुप नगरपालिका–११, की ३६ वर्षीया चौधरीले ३० हजार ३ सय ४८ मतान्तरले निर्वाचित भएकी हुन् ।

नेकपा एमालेका सुमनराज प्याकुरेलले ७ हजार ६ सय ५२, नेपाली कांग्रेसका रामदेव साह (तेली)ले ६ हजार ९ सय ९४, जयकान्त राउतले ४ हजार ८ सय ३३ मत ल्याए ।

जनता समाजावादी पार्टी नेपालका श्यामसुन्दर सरदारले २ हजार ५ सय ५८, नेपाली कम्युनिस्ट पार्टीका रवीन्द्र चौधरीले १ हजार ६ सय २६ मत ल्याए ।

कुल १ लाख १९ हजार ४३ जना मतदाता रहेको यस क्षेत्रमा ७७ हजार ९ सय ६९ जनाले मतदान गरेका थिए। यसअघि सप्तरी–४ मा पनि रास्वपाका सिताराम साह ३६ हजार ४ सय १२ मत ल्याएर निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्