Logo
Logo

समानुपातिकमा रास्वपाले ५० प्रतिशत कटाउने अनुमान, थ्रेसहोल्ड नजिक श्रम संस्कृति


4.9k
Shares

काठमाडौं । प्रतिनिध सभाको समानुपातिक तर्फको मतगणना पनि जारी छ । अहिलेसम्म २९ लाख १० हजार ६७७ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

गणना भएकोमध्ये करिब ५० प्रतिशत मत राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । अहिलेसम्म रास्वपाले १४ लाख ६१ हजार ३८१ मत पाएका अग्र स्थानमा छ र दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसले ४ लाख ९४ हजार २५१ मत पाउँदा एमालेले ४ लाख ३ हजार ८९९ मत पाएको छ ।

चौथो स्थानमा रहेको नेकपाले १ लाख ९३ हजार ५५०, राप्रपाले १ लाख ६ हजार ३९६, श्रम संस्कृति पार्टी ५९ हजार २४१ मत पाएको छ ।

यस्तै, राष्ट्रिय परिवर्तन पार्टीले ३६ हजार ८६३, जनता समाजवादी पार्टी, नेपालले २७ हजार ३०४ र जनमत पार्टीले १४ हजार २५० मत पाएका छन्। यो निर्वाचनमा करिब १ करोड १३ लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म मतको आँकडा हेर्दा रास्वपाले करिब ५० लाख मत कटाउन देखिएको छ । यसबाहेक कांग्रेस, एमाले, नेकपा, राप्रपा राष्ट्रिय पार्टी बन्नसक्ने सुरुआती मतको रुझानले देखाएको छ ।

त्यस्तै चार महिना अघि मात्रै दल दर्ता गरेर चुनावमा होमिएको श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्नसक्ने देखिन्छ। मधेशमा पनि रास्वपा हावी हुँदा यसपटक मधेश केन्द्रित दलहरू भने बढारिएका छन्। समानुपातिकतर्फ पनि थोरै मत पाइरहेका छन् । राष्ट्रिय पार्टी बन्नको लागि देशभर खसेको कुल मतको कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्