
काठमाडौं । सिन्धुपाल्चोक २ मा नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल निर्वाचित भएका छन् । २१ हजार ५७२ मतसहित दुलाल विजयी हुँदा कांग्रेसका वंशलाल तामाङ १८ हजार ८४८ मत पाए ।
त्यहाँ एमालेका शेरबहादुर तामाङ १५ हजार ५१४ मत ल्याएर तेस्रो हुँदा रास्वपाका अजय श्रेष्ठ १३८१७ मतसहित चौथो भए ।











