काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले पार्टीको इतिहासप्रति नोष्टालजिक भावना व्यक्त गर्दै आन्तरिक सुधार र पुनर्संरचनाको खाँचो औँल्याएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘पार्टी जीवनका उकाली-ओरालीको फ्ल्यासब्याक पल्टाउन तयार हुनासाथ रि९भिजन, रि-थिङ्क, रि-स्ट्रक्चरिङ र रिनोभेट सामान्य रूपमा भइहाल्छ । पिरामिड संरचना थियो, फुली थप्न सोली बनायौँ । लोकप्रिय छौँ भनेको नेताको मात्रै प्रिय भइएछ । समयले सुधारेन भने डाइनोसर बनिने खतरा छ । डोन्ट वरी !’














