Logo
Logo

गौरादहका मेयर सुवेदी घरमै कुटिए


3.2k
Shares

काठमाडौं । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरैमा कुटपिट भएको छ ।

गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । मेयर सुवेदीमाथि हातपात भएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मेयर सुवेदीका अनुसार जापान बसेर फर्किएका सिटौलाले घरमै आएर विवाद गरेका थिए । विवादका क्रममा आफूमाथि हातपात गरेको सुवेदीले बताए । उनले एक्कासि घरमा आएर आफूसँग विवाद गरेको बताए ।

सुवेदी एमालेबाट गौरादह नगरपालिकाको मेयरमा विजयी भएका हुन् । प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्