Logo
Logo

बाबुराम भट्टराई भारत जाँदै


756
Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भोलि भारत जाने भएको छन्। नयाँ दिल्लीमा आयोजना हुने एनएक्स्टी २०२६् ग्लोबल समिटमा सहभागी हुन भारत प्रस्थान गर्न लागेका हुन्।

नयाँदिल्लीस्थित भारत मण्डपममा आगामी मार्च १२, १३ र १४ मा आयोजना हुने सम्मेलनमा भट्टराई ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुने कार्यक्रम रहेको भट्टराईको सचिवालयले जनाएको छ।

विश्वभरिका नीति-निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा विशिष्ट शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने उक्त समिटमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको उपस्थिति रहनेछ। विभिन्न देशका सांसद, नीति-निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने यस सम्मेलनलाई समसामयिक वैश्विक बहस र सहकार्यको महत्त्वपूर्ण मञ्चका रूपमा लिइएको छ।

भट्टराई फागुन ३० मा स्वदेश फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्