Logo
Logo

नीति र नेतृत्वबारे बाहिर बहस गर्नुको अर्थ छैनः लेखराज भट्ट


693
Shares

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रतिनिधिसभा निर्वाचनको समीक्षा पार्टीको आन्तरिक कमिटीमार्फत मात्रै गरिने बताएका छन् । उनले नीति तथा नेतृत्वसम्बन्धी बहसबारे बाहिर सार्वजनिक रूपमा बोल्नुको कुनै औचित्य नभएको बताएका छन् । 

The current image has no alternative text. The file name is: lekhrajbhatt.jpg

बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै भट्टले भने, ‘नीति र नेतृत्वबारे बहस हुनु स्वाभाविक हो । तर यो बहस पार्टीको आन्तरिक संरचनामा राखेर कमिटी प्रणालीमार्फत गहिरो समीक्षा गर्नुपर्छ ।’ 

उनले पार्टी सचिवालय बैठकमा निर्वाचन परिणामको समीक्षा हुने संकेत गर्दै सामूहिक छलफलपछि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने बताए । जनताले दिएको जनादेशलाई स्वीकार गर्दै पार्टी नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भट्टले भने, ‘पार्टीले गरेका काम जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन नसकेको स्वीकार गर्छौँ ।’

उनले भदौ २३ र २४ गते भएका घटनाबारे जनतालाई पर्याप्त जानकारी दिन नसकिएको बताउँदै ती घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । भट्टले पार्टीभित्र देखिएको आन्तरिक विग्रह, सङ्गठन परिचालनमा कमजोरी र अनुशासनहीनतालाई पनि निर्वाचन परिणाममा असर गर्ने प्रमुख कारण माने । उनले भने, ‘पार्टीभित्र विग्रह बढ्यो, सङ्गठन सही ढङ्गले परिचालित भएनन्, आन्तरिक पङ्क्ति अनुशासनमा रहेन र अराजकता बढ्यो ।’ 

प्रतिक्रिया दिनुहोस्