Logo
Logo

महिला वेरोजगारी र महिला बैदेशिक रोजगारी


- दृष्टि न्युज/संवाददाता

0
Shares



नयाँदिल्लीमा कडाइ गरिएपछि भारतको मणिपुर विमानस्थलवाट ७० भन्दा वढी नेपाली महिलाहरु विदेश लान खोजेकोमा कारवाही गरी उद्धार गरिएको समाचार प्रकाशित भएकोछ ।

नेपालले घरेलु महिलाको रुपमा विदेशमा काम गर्न जान महिलालाई प्रतिवन्ध लगाएकोछ । अरव देशहरुमा विगतमा यसरी काम गर्न जाने महिलाहरुलाई मालिकले अमानवीय यातना दिएको समाचार वारम्वार सार्वजनिक भएपछि यसरी प्रतिवन्ध लगाइएको थियो ।

तर पनि नेपाली चेलीहरु विभिन्न तरिकावाट यसरी घरेलु कामदारमा जाने तथा अन्य प्रलोभनहरुमा परेर मानवतश्करहरुको चंगुलमा परी विदेशमा अमानवीय कामहरुमा जाने प्रकृया रोकिएकोछैन ।

विगतमा पंचायती व्यवस्था र राजतन्त्रको कालमा पनि नेपाली चेलीहरुलाई भारतका विभिन्न कोठीहरुमा वेचिने प्रकृया वढेको थियो । पंचायती व्यवस्था र राजतन्त्रलाई जनताले अस्वीकार गर्नुमा यो पनि एक कारण थियो ।

तर अहिले नेपाली महिलाहरु घरेलु कामदारका रुपमा तथा अन्य अमानवीय कामहरुमा जान वाध्य हुने अर्थ राजनैतिक व्यवस्था हटाइ, सके स्वदेश मै महिलाहरुलाई पनि रोजगारी दिलाउने तथा विदेशमा नै भएपनि मानवीय हदको रोजगारी दिलाउने प्रयत्न सरकारले गर्न पर्दथ्यो । तर नेकपा सरकारले यस तर्फ खासै पाइला चाल्न सकेको छैन ।

महिला समानताका जतिसुकै चर्का कुरा वर्तमान सरकार र सत्ताधारी दल नेकपाले गरेपनि महिलाहरुलाई आर्थिक उपार्जनको वाटोमा लगाउने रोजगारी दिलाउन नसकेसम्म सबै समानताका कुराहरु केवल वकवास मात्रै हुनेगर्दछ । तर वर्तमान सरकार पनि पहिलेका सरकारहरुकै पदचिन्हमा चलिरहेकोछ । यसले महिला रोजगारीको क्षेत्रमा खासै छलांग लगाउन सकेको छैन ।

यसको अभावमा नेपाली चेलीहरुले विविध वाध्यतावस विविध माध्यमवाट मानव तश्करहरुको लहलहैमा लागेर अमानवीय विदेशयात्राको वाटो रोज्ने क्रम रोकिनेछैन ।

वाध्यताको अमानवीय विदेश यात्राले वर्तमान सरकार र व्यवस्थालाई विगतको पंचायती राजतन्त्रलाई जस्तै थप संकटमा लैजानेछ ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्