पोखरा । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य बनेका महावीर पुनले पोखरा महानगरका मेयर धनराज आचार्यलाई जवाफ दिएका छन् ।

पुनले धनि मेयरले उद्योगधन्दा बचाउन खल्ती खुकुलो पार्नुहोला भनेको त, उल्टै ‘किताब बेच्न’ पाइँदैन भनेको भन्दै प्राथमिकता कता हो भन्ने प्रश्न गरेका छन् ।
उनले भनेका छन्, ‘हाम्रो धनी मेयरसाबले त उद्योगधन्दा बचाउन खल्ती खुकुलो पार्नुहोला भनेको त, उल्टै ‘किताब बेच्न’ पाइँदैन पो भन्नुहुन्छ त गाँठे ! प्राथमिकता कता हो !’
यस अघि पोखराका मेयर आचार्यले पुनलाई सडक तथा फुटपाथमा किताब नबेच्न आग्रह गरेका थिए । मेयर आचार्यले बुधवार सामाजिक सञ्जालमार्फत पुनलाई सम्बोधन गर्दै दर्ता वा आवश्यक अनुमतिबिना कुनै पनि वस्तुको बिक्री/वितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्ने बताएका थिए ।
तर पुनले भने किताब बेच्न भने छोडेनन् । पोखरामा बुधवार मात्र १४०८ वटा किताब बेचेको भन्दै यस कामलाई निरन्तरता दिने बताएका छन् ।











