Logo
Logo

गरियो निर्वाचन प्रहरीको बिदाइ


378
Shares

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन सकिएसँगै आज निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिएको छ ।  निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरी ७७ जिल्ला बाटै बिदाइ गरिएको छ ।

यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।

निर्वाचन प्रहरीलाई ४० दिन निर्वाचन सुरक्षामा खटिएबापत सरकारले ३४ हजार ७७६ रुपैयाँ तलब दिइएको छ भने उनीहरूले रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च पाएका छन् ।  निर्वाचन प्रहरीले चार दिनको लागि दैनिक तीन सयको दरले खाजा खर्च पाएका छन् भने पोसाकबापत छुट्टै रकम उपलब्ध गराइएको छ ।

निर्वाचन प्रहरी राख्दा उनीहरूलाई दिइने तलब र अन्यमा गरी सात अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्