Logo
Logo

वर्षाले घटायो वायु प्रदूषण  


189
Shares

काठमाडौं । हिजो राती परेको पानी र हावाहुरीले काठमाडौं उपत्यकाको वायु प्रदूषण अघिल्ला दिनको तुलनामा केही घटेको छ । विश्वभरको वायु गुणस्तर रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे ६ बजे काठमाडौं उपत्यकाको वायुको गुणस्तर एक्यूआई ८६ पुगेको छ । यसअघि बिहानै एक्यूआई ३४ सम्म थियो, जुन स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ ।

The current image has no alternative text. The file name is: Kathmandu.jpg

फागुन २६ गते त एक्यूआई २०६ मापन भएको थियो । हिजो पनि एक सय ५० भन्दा माथि थियो । यसलाई वायुको गुणस्तर अति खराबस्तर मानिन्छ ।
विश्वस्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार वायु गुणस्तर सूचकांक अनुसार ५० सम्म हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

हिजो काठमाडौं उपत्यकासहित मध्य र पूर्वी भागका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएकाले आकाशमा जमेको धुलोका कणहरु केही हदसम्म पखालिएको छ । हावाहुरी चल्दा प्रदूषणको तहलाई उडाएर लैजान्छ । यसले गर्दा हावाको गुणस्तरमा केहीहदसम्म सुधार देखिएको छ । दिउँसोतिर भने काठमाडौं उपत्यकामा वायुको गुणस्तर केही खस्किने पूर्वानुमान आईक्यू एयरले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्