Logo
Logo

इनिशालाई न्यायको माग गर्दै विद्यार्थीहरुको प्रदर्शन


0
Shares

काठमाडौं । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।  शुक्रवार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले जिल्ला प्रहरी कार्यालयको गेटअगाडि केही समय नाराबाजी गर्दै इनिशालाई न्याय दिन माग गरेका थिए । इनिशा फागुन २३ गते सुर्खेतको सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोको टोली सुर्खेत पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिएका छन् ।

उनका अनुसार घटनासँग सम्बन्धित प्रमाणहरूको वैज्ञानिक परीक्षण भइरहेको छ र प्रयोगशालाको प्रतिवेदन आएपछि घटनाको वास्तविकता खुल्ने अपेक्षा गरिएको छ ।

यसबीच इनिशाका आफन्तले दोषीलाई कारबाही हुने सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । हाल उनको शव कर्णाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्