Logo
Logo

खै कहाँ छ, सरकार ?


- बिन्दिया प्रधान


आमा र बाबु दिन रात झगडा गर्ने एउटा घरमा छोरा छोरीहरुको बिजोग हेरिनसक्नु थियो । मन, मस्तिष्क र मुटु नभएको असंबेदनशील अभिभावकको गैरजिम्मेवार ब्यवहारले एउटा घर बिस्तारै अधोगतितिर झर्न थाल्यो । छोराछोरीहरुले पाउनुसम्मको दुख पाए ।

एक टेलिभिजन अन्तरबार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भनेको देश र जनताको लागि हो । कुनै गुट उपगुट र आफ्नो स्वार्थको लागि सरकारले काम गर्ने होइन । राम्रा भन्दा हाम्रा मान्छेले भाग पाएनन भन्ने असन्तुष्टिले अहिलेको विवाद सिर्जना भएको हो र सबैका आफ्ना मान्छेहरुलाई भाग पुर्याउनुपर्ने बाध्यताले नै आफ्नो टिम भनेजस्तो राम्रो नभएकोले केहि बेथिति भएको कुरा स्वीकारेका छन । तर एकातिर प्रधानमन्त्री ओलीको यस्तो अभिब्यक्ति सुन्दै गर्दा अर्कोतिर हामी के देखिरहेका छौँ भने, अधोगतितिर लम्किएको र नसम्हालिएको त्यो घरको उदाहरणलाई सम्झिए पुग्छ अहिले हाम्रो देशको स्थिति । देश र जनताका दुख भन्दा अन्तै मोडिएको छ अहिले हाम्रा जिम्मेवार अभिभावकहरुको मन मस्तिष्क पनि ।

बिन्दिया प्रधान

कोरोनाको उपचार खर्च तथा भेण्टिलेटरको खर्च असाध्यै महंगो भई दिनको ५०/६० हजार देखि एक लाखका दरले तुरन्तै ८/१० लाख जम्मा गर्न धेरैले सक्दैनन । तर आफ्नो मान्छे बचाउन यो महंगो रकम जे जसरी भए पनि ऋण काढेरै जम्मा गर्नेहरु सक्नेहरुमा दरिएका छन । कोरोनाको आवश्यक औषधी रेम्डेसिभिरमा चर्को कालो बजारीको मार आम सर्बसाधारणका लागि अर्को संकट बनेको छ । अस्पतालहरुमा, औषधी पसलहरुमा कतै पनि यो अति आवश्यक इन्जेक्सन छैन नै भन्ने गरिन्छ । लाचार भई बिचौलियालाई कहीँपनि उजुर नगर्ने शर्तमा जति रकम भने पनि तिर्न तयार हुनुपर्छ । तर, यस्तो संकटको बेला पनि यसरी अमानबीय लुटाहा राक्षसी प्रबृत्तिसंग जुध्नु पर्दा भुक्तभोगहिरु त्यत्तिकै बिक्षिप्त भई भन्न थालेका छन हाम्रो देशमा सरकार निकम्मा बनेको छ । अनि सोध्न थालेका छन कि सरकार कँहा छ ?

निरन्तरको गैर जिम्मेवार ब्यवहारले यसैपनि देशमा ब्यथिति ब्याप्त हुदै गएको इतिहास नै छ हाम्रो । झनै अहिलेको संसार हल्लाउने कोरोना संकट थपिएपछि हाम्रो अधोगतिको यात्रा अरु लम्बिएको छ । कोरोना संकट टार्न हाम्रो पर्याप्त पूर्ब तयारी नहँुदा अहिले जनता कोरोनासंग लड्न नसकेर ग्रसित भई हार खाइरहेका छन र मरिरहेका छन । तर आम कोरोना पीडित बिरामी जनताको उपचार सरकारले गर्न नसक्ने र बिपन्नको मात्र गर्ने भनेपछि र यो बिषय अदालत पुगेपछि त्यसको फैसलामा सबै जनताको उपचार सरकारलेनै गर्नु पर्ने भनिएको छ । तर सरकारले नसक्ने भनी हात उठाइरहेको छ । अहिले धनी र मध्ययम बर्गीय सबैको ब्यवसाय ठप्प हुँदा हातमा धेरैसँग नगद नै छैन । जोसँग हातमा नगद छैन, दैनिकी गुजारा गर्नसमेत धेरैलाई सकस परिरहेको छ । बजार भाउ आकाशिएको छ । निश्चित आम्दानी नहुने सबैले आफू पनि गरिब भएको महसुस गरिरहेका छन । तोकिएको भन्दा अन्य आकस्मिक खर्च गर्न धेरैलाई गाह्रो परिरहेको स्थिति छ ।

कोरोना संक्रमितहरु थपिदै गएका छन । कोरोनाको रुप भने फरक फरक छ । कसैलाई भने एक दुई दिन हल्का ज्वरो आएपछि केहि नहुने पनि देखिएको छ । तिनीहरुलाई देशको यो स्थितिमा भाग्यमानी नै भन्नु पर्छ । तर सबै लक्षण सहित जसलाई सास फेर्न नै गाहारो भई अस्पताल जानपर्ने हुन्छ, तब परिवारले अनि बिरामीले दुःख पाउने दिन शुरु हुन्छ । अस्पतालमा बेड खाली नहुने, भएपनि अक्सीजनवाला बेड नहुने समस्या चारैतिर छ । भेण्टिलेटरमा राख्न पर्दा भेण्टिलेटरको संख्या अझ कम छ । कोरोनाको उपचार खर्च तथा भेण्टिलेटरको खर्च असाध्यै महंगो भई दिनको ५०/६० हजार देखि एक लाखका दरले तुरन्तै ८/१० लाख जम्मा गर्न धेरैले सक्दैनन । तर आफ्नो मान्छे बचाउन यो महंगो रकम जे जसरी भए पनि ऋण काढेरै जम्मा गर्नेहरु सक्नेहरुमा दरिएका छन । कोरोनाको आवश्यक औषधी रेम्डेसिभिरमा चर्को कालो बजारीको मार आम सर्बसाधारणका लागि अर्को संकट बनेको छ । अस्पतालहरुमा, औषधी पसलहरुमा कतै पनि यो अति आवश्यक इन्जेक्सन छैन नै भन्ने गरिन्छ । लाचार भई बिचौलियालाई कहीँपनि उजुर नगर्ने शर्तमा जति रकम भने पनि तिर्न तयार हुनुपर्छ । यस्तो संकटको बेला पनि यसरी अमानबीय लुटाहा राक्षसी प्रबृत्तिसंग जुध्नु पर्दा भुक्तभोगहिरु त्यत्तिकै बिक्षिप्त भई भन्न थालेका छन हाम्रो देशमा सरकार निकम्मा बनेको छ । अनि सोध्न थालेका छन कि सरकार कहाँ छ ?

यो स्थिति छ अहिले । सित्तै उपचार नगरिदिए पनि कमसेकम अति आवश्यक त्यस्ता औषधी सजिलोसंग किन्न पाउने गरि बन्दोबस्त त गरिदिन सक्नु पथ्र्यो सरकारले । बिचौलियाहरु सल्बलाएर रातौ रात करोडौँ कमाइरहेछन । बिरामीका परिवारको कमजोरीको फाइदा उठाउदै लुट्नसम्म लुटिरहेका छन । यस्तो जघन्य अपराध रोक्न सरकारी अनुगमन किन प्रभावकारी हुदैन ? सरकारले यस्तो अपराध रोक्न किन सकिरहेको छैन ? यतिखेर सरकारलाई सबैले गर्ने प्रश्न हो यो । लाखौँ रुपैया ऋणपान गरेर पनि आफ्ना बिरामीलाई बचाउन सके त ठिकै थियो । तर कतिको त लाखौँ लाख अस्पतालको खर्च धान्दा धान्दै पनि औषधी ढिलो भएकै कारण परिवारका सदश्यलाई बचाउन सकेका छैनन् ।

अरु नचाहिने नियोजित बिबाद भन्दा कोरोना संकट, बिकास निर्माण र आर्थिक समृद्धि मात्र सरकारको अहिलेको प्राथमिकता रहेको सरकारी भनाई आइरहँदा कोरोना पीडितहरुको यस्तो चरम र असह्यको यथार्थ स्थितिलाई बुझ पचाउन र नजरअन्दाज गर्न मिल्दैन ।

जे होस, देशको संकटको घडीमा सरकारलाई सघाउनु प्रत्येक नागरिकको कर्तब्य हुन्छ । तर सरकारको भूमिका पनि एक अव्वल र जिम्मेवार अभिभावकको हुनु पर्छ । कडा अनुगमन, कानूनी कारवाही सहित देशमा जथाभाबी हुन नदिने र असल थिति र प्रणाली बसाल्ने काम सरकारको हुनु पर्छ । तर सँधै सत्तासीन राजनैतिक दलका दुई अध्यक्षको झगडा, संबादहिनताको स्थिति र प्रत्येक कुरामा बिबादको चरमपना सुन्दा जनता आजित भइसकेका छन ।

अब त नेपालमा कांग्रेस कम्युनिष्ट भन्ने सैद्धान्तिक र बैचारिक बिबाद त्यति ठूलो लाग्न छाडिसक्यो । ओली समूह, प्रचण्ड÷माधब नेपाल समूह, देउबा समूह, पौडेल समूह, सिटौला समूह, कोइराला समूह आदिका आपसी बिबाद सतहमै उत्रिएको देखिन्छ । अन्य साना दलहरुमा पनि गुट उपगुटकै समस्या छदैछ । जनताका भलाईका लागि समर्पित भनिएका ठूला ब्यक्तित्वहरुका राम्रा सिद्धान्त र बादहरु अब घृणित स्वार्थको गुट-उपगुटमा परिणत भएका छन । आफ्नो राजनैतिक दललाई सिद्धान्त, नीति तथा राम्रा कार्यक्रम मार्फत देश र जनताको भलाईमा समर्पित गराई अन्य राजनैतिक दलहरुभन्दा अव्वल पार्न पर्नेमा त्यो पटक्कै हुन सकेको छैन । त्यसको सट्टा सबै नाम कहलिएका नेताहरु नै सदश्यहरुको तानातान, शक्ति प्रदर्शन र रकमको दुरुपयोग आदि जे जस्तो उपायद्धारा पनि आफ्नो गुट÷समिकरण बलियो पार्ने काममा ब्यस्त छन । यसकारण उनिहरुलाई देश र जनताका हबिगत बारे सोच्ने फुर्सद नै छैन ।

एक समय थियो अध्ययनशील ब्यक्तिहरुको बैचारिक÷सैद्धान्तिक बिश्लेषणले देशका लागि प्रतिपादन गरेका नीति कार्यक्रम प्रति मान्छे त्यत्तिकै आकर्षित हुन्थे । त्यहि सिद्धान्त अनुसार लोकतन्त्रको जगेर्ना र कल्याणकारी राज्यले समाजबादउन्मूख उदेश्यहरु हासिल गर्नेछ भन्ने जनताका अपेक्षामा अहिले निरासा बाहेक केहि छैन । बिचार सिद्धान्त र राम्रा उदेश्यहरुलाई भ्रष्ट्राचार र कुर्सीको लडाइले किनारा लगाइदिएको छ । बिगतको अस्थिरताको लामो समय आठ÷नौ महिनामानै सरकार भंग भई नँया समिकरणमा पालैपालो सत्ताको गुलियो स्वाद चाख्न अभ्यस्त राजनैतिक दलहरुलाई लामो समय कुर्न सकस परिरहेको देखिन्छ । तर स्थायित्वको जग जब झगडा र बिबादले हल्लाउछ तब चिन्ता र पीर तत्कालको मात्र हुदैन । गुट उपगुटमा बिभाजित नेपालका यी राजनैतिक दलका नेताहरुले आफ्नै दुख सुखका सहकर्र्मीहरुको कित्ता काट गर्ने धोखा छलकपटको खेलले भबिष्यमा कुनै राजनैतिक दलले पनि बहुमत ल्याउदैन भन्ने डरलाग्दो संकेत दिइरहेको छ ।

फेरि उही बार्षिक रुपको सरकार परिवर्तन अनि सांसद खरिद बिक्रीको घृणित खेल र चर्को मूल्य हामी जनताले कहिलेसम्म चुकाउनपर्ने हो ? अनि देश कसरी सम्हालिने हो ? अहिलेको प्रश्न र चिन्ता हो यो ।

 

 

प्रतिक्रिया दिनुहोस्