काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सांसदका लागि ९ जनाको नाम टुंगो लगाएको छ।

नेकपाका अनुसार खसआर्यतर्फ प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपांगता समूहबाट प्रेम बयक, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलित समूहबाट पार्वती बिक र गणेश विश्वकर्मा, तथा थारु समूहबाट निराशा चौधरी डगौरा रहेका छन् ।
नेकपा संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले समानुपातिक अन्तिम सूचीको अनुमोदन गरेका हुन् ।











