Logo
Logo

प्रधानमन्त्रीलाई निर्णय सच्याउन सागर ढकालको आग्रह


0
Shares

काठमाडौं । प्रतिनिधि सभामा गुल्मी-१ बाट निर्वाचित सागर ढकालले प्रधानमन्त्री सुशीला कार्कीले हिजो गरेका नियुक्तिसम्बन्धी निर्णय सच्याएर गल्ती स्विकार्न आग्रह गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका केही निर्णयले यसअघिका योगदान ओझेलमा पर्ने अवस्था आएको भन्दै उनले ती निर्णय पुनर्विचार गर्न अनुरोध गरेका हुन् ।

The current image has no alternative text. The file name is: sagar-susila.jpg

सरकारले प्रधानमन्त्रीका स्वकीय सचिवलाई प्रकृति संरक्षण कोषमा नियुक्त गर्नुका साथै गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । अर्याल पनि गुल्मी जिल्लाकै हुन् ।

ढकालले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीले निर्णय सच्याएर उदारता देखाउनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्रीलाई सम्मान व्यक्त गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

ढकालले लेखेका छन्, ‘आमा, जति सुकै ठुलो महामानव भए पनि गल्ती हुन्छन्। हजुरले पनि देशलाई ठुलो निकास दिनुभएको छ, हृदयदेखि सम्मान छ। जाँदाजाँदै हिजो गरेका निर्णयमा भएको गल्ती सच्याउनु हुनेछ भन्ने कामना गरेका छौँ । न कुनै विज्ञता, न अनुभव -मात्र योग्यता प्रधानमन्त्रीको स्वकीय सचिव; यत्तिको आधारमा प्रकृति संरक्षण कोष जस्तो देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ र ? त्यसमाथि अब हुने प्रधानमन्त्रीले देश कायापलट गर्छु, विज्ञ मान्छे राख्छु भन्दा पनि पहिलेको नजिर अनुसार गाह्रो छ । ५ वर्षभरि नै हजुरको यो अन्तिम निर्णय बालेन, रवि र हाम्रोलागि तगारो पो हुने भयो । हामीलाई अब नातावाद र कृपावादको अन्त्य गर्नु छ । आशा छ, हजुरले निर्णय सच्याएर उदारता देखाउनुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस्