काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसद् हर्क साम्पाङले पेट्रोलिय पदार्थको कृत्रिम अभाव देखार कालोबजारी नगर्न आग्रह गरेका छन् । सामाजिक संजालमा एक भिडियो शन्देश जारी गर्दै साम्पाङले आपूर्ति असहज भएको मौका छोपेर भण्डारण् गर्ने र महँगो मूल्यमा बिक्री गर्ने प्रवृत्ति भएकाले त्यसो नगर्न आग्रह गरेका छन् ।

उनले सरकारलाई पनि सबे संयन्त्र प्रयोग गरेर पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन ध्यानाकर्षण गराएका छन् । ‘पेट्रोलियम पदार्थको अभाव देखिएको छ, सरकारले के गर्नुपर्ने हो, कहाँ कसो गर्नुपर्ने हो । ती सबै काम गरेर पेट्रोलियम पदार्थको आपूर्तीलाई सहज गर्नुपर्दछ भन्ने माग गर्दछु’ उनले भनेका छन्, ‘यहाँहरू सबैलाई मेरो अनुरोध छ, कोही कसैले यतिखेर कालाबजारी नगर्नुहोला ।’
अभावको मौका छोपेर १० रुपैयाँको सामानलाई ५० देखी सय रुपैयाँसम्मा बिक्री गर्ने पुरानो प्रवृत्तिलाई दोहो¥याएर सर्वसाधारणलाई दुःख नदिन पनि उनले आग्रह गरेका छन् । ‘नेपालमा कस्तो छ भने अलिकति सर्टेज भयो की भण्डारण गर्ने र १० रुपैयाँमा किनेको सामान ५० रुपैयाँदेखी सय रुपैयाँमा बेच्ने प्रवृत्ति छ । यति खेरै हो मौका, यति खेरै हान्नुपर्छ चौका भन्ने प्रवृत्ति रहिआएको छ नेपालमा । त्यसो नगर्न म सम्बन्धित सबैलाई अनुरोध गर्न चाहन्छु’ भिडियो उनले भनेका छन् ।
मध्यपूर्वको तनावले ग्यासको माग बढेपछि अहिले आयल निगमले आधा ग्यास भरिएको सिलिण्डर आपूर्ति गर्ने व्यवस्था मिलाएको छ ।











