Logo
Logo

शपथ ग्रहण हुने छाँटकाँट नदेखिएपछि किताब बेच्न हिँडे महावीर 


315
Shares

काठमाडौं । म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले शपथको टुङ्गो नभएको भन्दै आफू पुनः पुस्तक बेच्न निस्किएको बताएका छन् ।

The current image has no alternative text. The file name is: Mahabir-pun.gif

बिहीबार सामाजिक सञ्जालमा लेख्दै पुनले शपथको टुङ्गो नभएको भन्दै पोखरा महानगरका मेयर धनराज आचार्यलाई कटाक्ष गरेर गाह्रो पिरो नमान्नु भन्दै आफू किताब बेच्न निस्किएको बताएका हुन् । 

उनले भनेका छन्, ‘शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन । त्यसैले आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिरदेखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्ने छु । चुनाव सकिएपछि म्याग्दीको छ वटा पालिकामा गएर जनप्रतिनिधि र गाउँलेहरूसँग विकास र बजेट सम्बन्धी पहिलो चरणको छलफल सकियो । अनि के गरेर बस्ने त नि मेयर साहब रु गाह्रो पिरो नमान्नु होला ।’

प्रतिक्रिया दिनुहोस्