Logo
Logo

गगनको राजीनामा स्वीकृत भएमा कांग्रेसको सभापति को बन्छ ?


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बुधवार पार्टी उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका छन् । थापाको राजीनामा पत्र नेपाली कांग्रेस केन्द्रीय समितिमा पुगेको छ । उनको राजीनामालाई स्वीकार गर्ने कि नगर्ने भन्ने विषय अब केन्द्रीय समितिले तय गर्ने छ ।

The current image has no alternative text. The file name is: gagan-thapa-4.jpg

गत पुस अन्तिम साता आयोजित विशेष महाधिवेशनले गगन थापालाई सभापति बनाएको थियो । लगत्तै टिकट वितरण र चुनावमा होमिएका थापा सर्लाही-४ मा उम्मेदवार बनेका थिए । जहाँ थापा पराजित हुन पुगेका थिए । आमचुनावमा कांग्रेसले बेहोरेको हारको नैतिक जिम्मेवारी सभापतिले लिनुपर्ने दाबाब पार्टी भित्र र बाहिरबाट पनि आइरहेको थियो । पार्टीभित्रबाटै कतिपय नेताहरूले उनले राजनिमा दिनुनपर्ने र कतीपयले राजिनामा दिनुपर्ने बताउँदै आएका थिए ।

अघिल्लो चुनावमा सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेसको फागुन २१ को प्रतिनिधिसभामा ३८ सीट ल्याएको छ । जससँगै रास्वपासँगको अन्तर १४४ सीटको बनेको छ । अघिल्लो चुनावका तुलनामा पुराना मुख्य दलहरू निकै कमजोर बनेको यस चुनावपछि नेतृत्व छाड्न लागेका थापा पहिलो पार्टी प्रमुख हुन् ।

विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिकता प्रदान गरेको थियो । उक्त निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेकामा त्यसको टुङ्गो हुन समेत बाँकी रहँदा थापाको राजीनामा आएको हो ।

अब के हुन्छ ?

पार्टी विधान अनुसार सभापतिले राजीनामा गर्नुपर्ने अवस्था आएमा उपसभापतिलाई बुझाउने र त्यसलाई केन्द्रीय कार्यसमितिले स्वीकृत/अस्वीकृत गर्ने भन्ने छ । केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उप-सभापतिमार्फत् केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ ।

केन्द्रीय कार्यसमितिले उक्त राजीनामा स्वीकृत गरेमा उप-सभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्ने र छ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिने पार्टी विधानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्