
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लज्जास्पद हार बेहोरेको नेकपाले अबको एक दुई दिनमै सचिवालय बैठक बतायरी गरेको हो ।
अब बस्ने बैठकमा २१ फागुनको निर्वाचमा आफ्ना उम्मेदवार कसरी पराजित भए भन्ने विषयमा गम्भीर समीक्षा हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यसअघि माओवादी केन्द्र एक्लैले २०७९ सालको निर्वाचनमा ३२ सिट जितेको थियो । नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलसँग एकताका बाबजुद फागुन २१ मा भएको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी १७ सिट जितेर चौथो स्थानमा पुगेको छ ।











