Logo
Logo

ग्लोबल आईएमई बैंक र मुसिकोट नपाबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंक लि र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबीच कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान प्रदान गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्थानीय कृषकहरुलाई ग्लोबल आइएमई बैंकमार्फत ऋण प्रवाह गर्ने र उक्त ऋणको ५० प्रतिशत व्याज मुसिकोट नगरपालिकाले बैङ्कलाई भुक्तानी गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । स्थानीय कृषि व्यवसायको प्रर्वद्धनमा सहयोग पु¥याउने तथा कृषकहरुलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने उदेश्यले ग्लोबल आइएमई बैंक र मुसिकोट नगरपालिका बीचमा दुईपक्षीय सम्झौता गरिएको हो । उक्त सम्झौता पश्चात छनौट भएका कृषकहरुले आवश्यक कागजपत्र पूरा गरेपश्चात बैंक नियमानुसार न्यूनतम दुई लाखदेखि अधिकतम १० लाखसम्मको ऋण सुविधा उपयोग गर्न पाउनेछन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डनलगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्