Logo
Logo

नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशनको ०८३ वैशाखमा गर्न प्रस्ताव


315
Shares

काठमाडौं । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले १२औँ केन्द्रीय महाधिवेशनको लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । आजबाट काठमाडौंमा सुरु भएको सिनेट बैठकमा अध्यक्ष दुजाङ शेर्पाले ०८३ वैशाख २० र २१ गते १२ औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । 

The current image has no alternative text. The file name is: dujang.jpg

कार्यतालिकामा यही चैत्र ११ गते अधिवेशनको लागि प्रतिनिधि चयन र प्रतिनिधिहरूको नामावली प्रकाशन गरिने उल्लेख छ । त्यसपछि चैत्र २४ गते माध्यमिक विद्यालयको अधिवेशन (सभा) आयोजना गर्ने, चैत्र २६ गते स्थानीय तहका गाउँ–नगर अधिवेशन (सभा), चैत्र २९ गते क्याम्पस-कलेज-प्रतिष्ठान अन्तर्गतका शिक्षालयहरूको अधिवेशन (सभा) सम्पन्न गरिनेछ ।

त्यसैगरी, वैशाख ६ गते ७७ जिल्ला अधिवेशन, वैशाख ८ र ९ गते क्याम्पस इकाईको अधिवेशन तथा वैशाख १० र ११ गते विश्वविद्यालय क्याम्पस समिति र समन्वय समितिको अधिवेशन गर्ने प्रस्ताव छ । वैशाख १५ गते प्रदेश अधिवेशन गर्ने पनि प्रस्ताव गरिएको छ । बैठक जारी रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्