Logo
Logo

देउवा समूह छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा 


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी थालेको छ ।  आज आइतबार धुम्बाराहीमा बसेको देउवा पक्षको बैठकले केन्द्रीय कार्यसमिति बैठक छिट्टै बोलाउने निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: deuwa-4.gif

आज काठमाडौंमा उपलब्ध नेताहरुको बैठक बसेको हो ।  अब छिट्टै सबैजना सहभागी हुने गरी बैठक बस्ने जनाइएको छ ।  कार्यवाहक उपसभापतिले बैठकको समय र स्थान टुङ्गो लगाउने जनाइएको छ ।   

बैठकमा पार्टीको आगामी कार्यनीतिको बारेमा छलफल गरिने जनाइएको छ । देउवा समूहको निर्णयले कांग्रेसभित्रको विवाद थप उत्कर्षमा पुर्‍याएको छ । 

पुस २७ देखि ३० गतेसम्म देउवा समूह र डा. शेखर कोइराला समूहको असहमतिका बाबजुद विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेसमा नयाँ समिति चयन भएको थियो । देउवा र कोइराला समूहले त्यसलाई नमान्ने भन्दै सर्वोच्च अदालतमा हालेको रिट विचाराधीन छ । 

निर्वाचन आयोगले भने थापाको नेतृत्वलाई पार्टीको आधिकारिकता दिइसकेको छ । थापाकै नेतृत्वमा चुनावमा गएको कांग्रेसले पराजय व्यहोरेको छ । शुक्रवारदेखि चुनावी समीक्षा गर्न थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बसिरहेका बेलामा अर्को समूहले त्यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्