काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशक समितिको अध्यक्षबाट डा.प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन् ।

गत २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै तदर्थ समितिमार्फत महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
महाधिवेशन भएर त्यसपछि प्राप्त पदमा मात्रै आफू रहने उल्लेख गर्दै उनले राजीनामा दिएका हुन् । पार्टीको नेतृत्वमा तहमा रहेका पदाधिकारीहरूले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ ।











