Logo
Logo

कपिलवस्तुमा तनाव बढेपछि निषेधाज्ञाको क्षेत्र विस्तार


1.3k
Shares

काठमाडौं । दुई समुदायबीचको विवादपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा शनिवारदेखि जारी गरेको निषेधाज्ञालाई आइतबार पनि निरन्तरता दिएको छ । जिल्ला प्रशासन कार्यालय अगाडि पनि आगो बालेर प्रदर्शन भएपछि निषेधाज्ञालाई निरन्तरता दिइएको हो । 

महाराजगन्ज नगरपालिका-२ वर्गदामा शनिवार भएको झडपपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले शनिवार निषेधाज्ञा लगाएको थियो । महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ ।

आइतबार  बसेको सर्वपक्षीय बैठक पनि बसेको छ । अर्को आदेश नभएसम्म निषेधाज्ञा भने कायम रहने जनाइएको छ । ईद र नवरात्र पर्व मनाउने क्रममा नगरपालिकाको वडा नम्बर २ र ३ को सीमाक्षेत्रमा उत्पन्न विवादले उग्र रूप लिँदा झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

झडपमा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी करिब २० जना घाइते भएका छन् । जिल्ला प्रशासनले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलाई सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेको छ । 

प्रतिक्रिया दिनुहोस्