Logo
Logo

सहकारीको दर्ता अभिलेखीकरण चैत १७ देखि बन्द हुने


315
Shares

काठमाडौं । चैत १७ देखि सहकारी संस्थाहरूको अभिलेखीकरण बन्द हुने भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सूचना जारी गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण प्रक्रिया बन्द जनाएको हो ।

प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ बमोजिम २०८२ मङ्सिर १० गतेदेखि सुरु भएको दर्ता अभिलेखीकरणको प्रक्रिया चैत १७ गतेसम्म मात्र रहने जनाएको छ ।

प्राधिकरणले सम्बन्धित सहकारी संस्थाहरूले तोकिएको समयभित्रै निर्धारित दस्तुर बुझाएको बैंक भौचर र आवश्यक विवरणहरू अनलाइन प्रणालीमा प्रविष्ट गरिसक्नुपर्नेछ ।

यद्यपि, तोकिएको समय भित्र दस्तुर बुझाइसकेर पनि प्राविधिक वा अन्य कुनै कारणले पूर्ण विवरण प्रविष्ट गर्न बाँकी रहेका सहकारीहरूको हकमा भने प्राधिकरणले आगामी २०८३ वैशाख १७ गतेसम्मका लागि समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्