Logo
Logo

२ असईसहित २४ प्रहरीलाई सेवाबाट हटाउने चेतावनी


0
Shares

काठमाडौं । नेपाल प्रहरीका २४ कर्मचारी सम्पर्कविहीन भएका छन् । दुई जना प्रहरी सहायक निरीक्षक (असई), ६ जना हबलदारसहित २४ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका हुन् ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २४ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो ।

लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्