Logo
Logo

मन्त्रालयबाट बिदा भए मन्त्री सिन्हा


945
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा मन्त्रालयबाट बिदा भएका छन् । ६ महिना ६ दिनअघि मन्त्री नियुक्त भएका सिन्हालाई आज सचिवालयका कर्मचारीले बिदाइ गरेका हुन् ।

पछिल्लो समय तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सिन्हाले आफ्नो जिम्मेवारीको काम सफलतापूर्वक सम्पन्न गरेर बिदाइ भएका उनको सचिवालयले जनाएको छ ।

सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगै कानुन तथा संसदीय मामिला र संस्कृति तथा पर्यटन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।

गएको भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्की नियुक्त भएसँगै सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत रहेका सिन्हा मन्त्री बनेका थिए ।

सुरुमा सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । पछि कुमार इङनाम भूमिमन्त्री बनेपछि सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी थप गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्