Logo
Logo

रास्वपाको बैठक बस्दै, बालेन संसदीय दलको नेता चयन हुँदै


189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो । बैठकमा संसदीय दलको नेता छनोट र विविध एजेण्डाबारे छलफल हुने बताइएको छ । सो बैठक लगत्तै संसदीय दलको बैठक बस्ने कार्यसूची छ ।

गत पुस १३ गते काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहसँग भएको ७ बुँदे सहमति भएको थियो । सहमतिको बुँदा नं ४ मा रवि लामिछाने पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो ।

सचिवालय सदस्य गणेश पराजुलीले विगतमा भएको ७ बुँदे सहमति बमोजिम संसदीय दलको बैठकले बालेनलाई दलको नेता छान्ने जानकारी दिए ।

नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम छ । शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएकाले त्यसअगावै पार्टीले उनलाई संसदीय दलको नेता चयन गरिएको जानकारी राष्ट्रपति कार्यालयलाई दिनेछ ।

फागुन २१ सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत ल्याएकाले संविधानको धारा ७६(१) बमोजिम बालेनलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्