Logo
Logo

एमाले सांसदहरूलाई शपथलगत्तै च्यासल बोलाइयो


630
Shares

काठमाडौं । नेकपा एमालेका सांसदहरुलाई पार्टी केन्द्रीय कार्यालय च्यासल बोलाइएको छ । प्रतिनिधि सभा सदस्यहरुलाई शपथ लिएलगत्तै च्यासल आउन पार्टीले निर्देशन दिएको हो । ‘प्रतिनिधिसभा सदस्यहरुले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रचार संयोजक मीनबहादुर शाहीले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

उनका अनुसार ओलीले समसामयिक राजनीतिबारे सांसदहरुलाई निर्देशन दिनेछन् । पिताको निधनपछि ओली पहिलोपटक पार्टी कार्यालय च्यासल आउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्