Logo
Logo

शिक्षाबाट राजनीति हटाउने मेरो लक्ष्य हो : महावीर पुन


441
Shares

काठमाडौं । नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो संसदीय कार्यकालको प्राथमिकता शिक्षा क्षेत्रको सुधार रहेको बताएका छन् । सांसदको शपथ ग्रहणका लागि सिंहदरबार आइपुगेका पुनले सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षामा व्याप्त राजनीतिकरण अन्त्य गर्नु नै आफ्नो प्रमुख एजेन्डा रहेको बताए ।

The current image has no alternative text. The file name is: mabir.jpg

‘गर्नुपर्ने काम त टन्नै छन्, भनिसाध्य छैन,’ उनले भने, ‘तर खासगरी शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ ।’

उनले आफू पहिलेदेखि नै जिन्दगीमा जे आइपर्छ, त्यही गर्ने र आइपरेका चुनौतीबाट पछि नहट्ने स्वभावको रहेको उल्लेख गरे । भविष्यमा आफ्नो भूमिका कस्तो हुन्छ र कसरी अगाडि बढ्नुपर्छ भन्नेबारे अहिले नै ठोकुवा गर्न नसकिने उनको भनाइ छ।

‘भविष्यको कुरा कसैलाई थाहा हुँदैन, सायद भगवानलाई मात्र थाहा हुन्छ होला,’उनले भने,  ‘त्यसैले अहिल्यै म यसो गर्छु, उसो गर्छु भनेर ठुला कुरा गर्नुको अर्थ छैन ।’

प्रतिक्रिया दिनुहोस्