Logo
Logo

संसदमा एउटै बेञ्चमा खुम्चिए कांग्रेस, एमाले र नेकपा


630
Shares

काठमाडौं । गत २१ फागुनमा सम्पन्न निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ । पहिलो बैठकमा बिहीबार (आज) नवनिर्वाचित २७४ सांसदले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । संघीय संसद् सचिवालयले दलको सिट संख्याका आधारमा दलहरूको बस्ने ठाउँ तय गरेको छ ।

जसअनुसार, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई एउटै लहरमा बस्नेगरी सिट मिलाइएको छ ।

यी तीनवटै दलका सांसदहरूले एउटै लहरमा राखिएको सिटमा बसेर बिहीबार शपथ ग्रहण गरे । शपथलगत्तै प्रत्येक सांसदहरूले संघीय संसद् सचिवालयले एक एक वटा झोला पनि उपलब्ध गराएको छ । उक्त झोलामा संविधान, प्रतिनिधि सभा नियमावली, संयुक्त बैठक संचालन नियमावली राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्