Logo
Logo

कार्की आयोगको प्रतिवेदन अपूर्ण छ : कांग्रेस


819
Shares

काठमाडौं । नेपाली कांग्रेसले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण रहेको बताएको छ । सानेपामा बिहीबार पत्रकार सम्मेलन गरेर कांग्रेसले प्रतिवेदन अधुरो रहेको बताएको हो । 

The current image has no alternative text. The file name is: congress-7.jpg

कांग्रेस प्रवक्ता देवराज चालिसेले भने ‘प्रथम दृष्टिमा यो अपूर्ण देखिएको छ । अलि अधुरो देखियो, यसले पूर्णता बोकेको छैन ।’ २३ भदौको आन्दोलनका बारेमा प्रकाश पार्ने कोसिस गरे सरह २४ भदौको घटनालाई आयोगले अलपत्र छोडेजस्तो उनले बताए । उनले भने, ‘प्रथम दृष्टिको कुरा हो यो । यद्यपि, त्यसलाई हामीले राम्रोसँग अध्ययन गर्न बाँकी छ । त्यो प्रतिवेदनलाई हामी सिरियसली हेर्छौं ।’

प्रतिवेदनको अध्ययनका लागि कांग्रेसले कानुनका बेत्ता, शासन सत्तामा अनुभव भएका व्यक्ति र जेनजी आन्दोलनमा सहभागी भएका युवा अभियन्ता तथा विज्ञहरू सम्मिलित समिति बनाउने भएको छ ।

समितिले कार्की आयोगसँगै राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई बुझाएको प्रतिवेदनहरू गहनतापूर्वक अध्ययन गरेपछि कांग्रेसले आफ्नो दृष्टिकोण बनाउने प्रवक्ता चालिसेले बताए ।यता नेकपा एमाले अध्यक्ष ओलीले भने कार्की आयोगको प्रतिवेदनलाई नमान्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्