Logo
Logo

दलको नेता बनेपछि रविले दिए बालेनलाई बधाई


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुक्रवार प्रधानमन्त्रीको शपथ लिन लागेका वरिष्ठ नेता बालेन शाहलाई बधाई तथा शुभकामना दिएका छन् ।

The current image has no alternative text. The file name is: rabi-balen-1.jpg

केन्द्रीय कार्यालय वनस्थलीमा बिहीबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बालेनलाई सर्वसम्मत दलको नेता चयन गर्ने प्रस्ताव अनुमोदन गरेपछि रविले बधाई दिएका हुन् । 

बालेनले शुक्रवार १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । भोलि नै दिउँसो २ः१५ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पदभार ग्रहण गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्