Logo
Logo

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज


693
Shares

काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । ३६ वर्षीय बालेन्द्र शाह (बालेन) आज नेपालको ४६औँ प्रधानमन्त्री बन्न लागेका छन् ।

The current image has no alternative text. The file name is: balen-shah.jpg

राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ । 

शपथ ग्रहण समारोह दिउँसो १२ः३४ बजेका लागि तय गरिएको छ । शपथपछि बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गर्नेछन् । शपथ समारोहमा विशेष सांस्कृतिक तयारी गरिएको छ । सात वटा शंखबाट शंखनाद गरिने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन र १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गर्ने कार्यक्रम रहेको छ  । 

प्रधानमन्त्रीको शपथसँगै नयाँ मन्त्रीहरूको पनि शपथग्रहण हुनेछ । यो एकल सरकार गठन नेपालको संविधानको धारा ७६ उपधारा १ बमोजिम हुन लागेको हो । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो । बिहीबार मात्र रास्वपाले बालेनलाई संसदीय दलको नेता चयन गरेको थियो । निर्वाचनमा बालेन झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्